हाम्रो मिशन

परिचय

वि.स. २०३५ सालमा उपस्वास्थ्य चौकी भएको यस संस्था २०४२ सालमा स्वास्थ्य चौकी, २०४८ मा बुर्तिबाङ सामुदायिक स्वास्थ्य केन्द्र हुँदै २०५२ कार्तिक १२ गते देखि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा संचालनमा आएको थियो । पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र वडिगाड गाउँपालिकाका साथै गलकोट समेत र छिमेकी जिल्ला गुल्मी, रुकुम, रोल्पा लगायतका स्थानहरुबाट समेत सेवाग्राही आउने यस संस्था साविकमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको नाममा ढोरपाटन नगरपालिका माताहतको स्वास्थ्य संस्थाको रुपमा संचालित थियो ।   यसै क्रममा गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको प्र. मु.प.बै.सं. २६/०८१ मिति २०८१।०७।१२ को बैठकबाट  "नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८०।११।०६ को बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पचास शैय्याको अस्पतालमा स्तरोन्नती गरी गण्डकी प्रदेश सरकारमा हस्तान्तरण गर्ने निर्णय भएको र उक्त अस्पताल संचालनार्थ संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न सैद्धान्तिक सहमति दिने " भनी निर्णय भएको । यसै अनुरुप अस्पताल संचालनार्थ संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन भइ संगठन संरचना समेत  बनी मिति २०८१।०९।०९ मा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदबाट पारित भइ प्रदेश प्रमुखबाट स्वीकृत समेत भएको र मिति २०८१।०९।१२ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे ज्यूबाट औपचारिक रुपमा उद्घाटन भएको थियो । सेवा क्षेत्र भित्र धेरै संख्यामा जनसंख्या, भौगोलिक विकटता, असुरक्षित सडक संजालका कारण उच्च मात्रामा हुने सडक दुर्घटना, जटिल प्रकारका प्रसुति सेवाग्राही, विभिन्न प्राकृतिक प्रकोपबाट हुने मानवीय क्षती तथा यस अस्पताल भन्दा सुविधा सम्पन्न अस्पतालहरुमा रिफर भएर जानुपर्ने भएमा न्यूनतम ४ घण्टा बढी बढिमा दुरीमा भएका आदि कारणले यो अस्पताल सेवाग्राहीको चाप धेरै रहेको छ ।